ओखलढुङगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पती शव भेटिएको छ । भदौरेको बोहोरे टोलका ८० वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमती चन्द्रमायाको लुटपाटपछि हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
वृद्ध दम्पतीले पसल सञ्चालन गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।
एक महिनाअघि चिशंखुगढी गाउँपालिका–६ भदौरेमा नै ६० वर्षीय शोभितमान थापा मगर र उहाँकी श्रीमती रत्नमायाको हत्या भएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । शृङ्खलाबद्ध एकपछि अर्को हत्याको घटनापछि स्थानीयबासीन्दा त्रसित भएका छन् ।

प्रतिक्रिया