दुर्गा प्रसाईं पोखराबाट पक्राउ


मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । आज दिउँसो पक्राउ परेका प्रसाईंलाई काठमाण्डाै पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

यसअघि आइतवार निर्वाचन आयोगले प्रसाईंलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । प्रसाईंले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड रुपैयाँ बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गर्नुभएको थियो । त्यही विषयमा आयोगले प्रसाईंलाई पक्राउ गरि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।