आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनको सबै प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट दर्ता गरेका हुन्।
रिटमा निर्वाचन तालिकासम्बन्धी सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गर्न माग गरिएको छ।
उनले रिटमा आगामी माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुने प्रक्रिया र त्यससँग सम्बन्धित सबै कार्य तत्काल स्थगित गर्न अदालतलाई अनुरोध गरेका छन् ।
अधिवक्ता शर्माका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी यसअघि दर्ता गरिएको रिटलाई असर गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएकोले नयाँ रिट दर्ता गरिएको हो ।



प्रतिक्रिया