ठोट्ने खोलामा बेली ब्रिज निर्माण कार्य सुरु

साझा प्रेस
150
Shares

ओखलढुंगा-सोलुखुम्बु जोड्ने गैरी–नेचा सडकखण्डअन्तर्गत ठोट्ने खोलामा बेली ब्रिज निर्माणको काम सुचारू भएको छ।

यस महत्वपूर्ण संरचनाको निर्माण कार्य PY निर्माण सेवाले जिम्मा लिएको छ। नेचासल्यान प्रवेशद्वारको रुपमा रहेको यो स्थानको यातायात सञ्जाल सुदृढ बनाउन रक्षा मन्त्री माननीय मानवीर राईको विशेष पहलमा ब्रिज निर्माण अघि बढाइएको हो । मन्त्री राईले यस पूर्वाधारमार्फत नेचासल्यानको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै समयमै कार्य सम्पन्न हुने आशा व्यक्त गरेका छन्।

बेली ब्रिज जडानका लागि आवश्यक पूर्वाधारको तयारी पुरा भए पछि नेपाली सेनाको प्राविधिक टोलीले जडान कार्य सुरु गर्ने जानकारी प्राप्त भएको छ।

यस बेली ब्रिजको निर्माणले स्थानीयवासीको दैनिक आवतजावत, आपतकालीन सेवा र समग्र क्षेत्रको आर्थिक गतिविधिमा सहजता ल्याउने अपेक्षा गरिएको छ।