इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको नयाँ कार्यसमिति चयन

साझा प्रेस
50
Shares

इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको तेस्रो अधिवेशन इलामको होटल इलाम पाटी घरमा सम्पन्न भएको छ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै इलामको पर्यटन क्षेत्रको समृद्धिका लागि दृढ प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा केचना कञ्चनजङ्घा पर्यटन प्रवर्द्धन समितिका कार्यकारी प्रमुख केसव धौराली प्रमुख अतिथि रहेका थिए। उनले इलाम क्षेत्रको अपार पर्यटकीय सम्भावना औंल्याउँदै स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सशक्त समन्वयको आवश्यकता औँल्याए।

कार्यक्रममा वक्ताहरूले इलामको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिकतामा आधारित पर्यटन सम्भावनालाई नयाँ उचाइमा पु¥याउनुपर्ने धारणा राखे। समितिको भूमिका अझ प्रभावकारी बनाउँदै संरक्षण र प्रवर्द्धनमा केन्द्रीत हुने बताइएको छ।

नयाँ कार्यसमितिको नेतृत्व प्रेम सापकोटाले गर्ने भएका छन्। समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष दिव्य भट्टराई, महासचिव देवी पौडेल, सचिव ज्ञानु दाहाल, कोषाध्यक्ष कमला बाँस्कोटा रिजाल रहेका छन् ।