मनकामना दर्शन गरेर फर्केको गाडी गोरखामा दुर्घटना, ७ जनाको मृत्यु


गोरखामा शनिवार साँझ भएको दुर्घटनामा सातजनाको मृत्यु भएको छ । 

गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित करनटारमा मनकामनाबाट दर्शनार्थी बोकेर आबुँखैरेनीतर्फ आउँदै गरेको माइक्रो दुर्घटना हुँदा सातजनाको मृत्यु भएको हो । 

गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा चालकसहित १४ जना सवार रहेकोमा पाँच पुरुष र दुईजना महिलाको घटनास्थलमा नै मृत्यु भएको हो । सातजना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि आबुँखैरेनीतर्फ पठाइएको छ । 

उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२९  गुल्म गोरखाबाट सुरक्षा फौज खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।