नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आफ्नो पुरानै घर नेकपा एमालेमा फर्किएका छन् । एमाले केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटी बैठक चलिरहँदा पुगेर माधव नेपाल नेतृत्वको पार्टीको आवश्यकता र औचित्य दुवै सकियो भन्ने निश्कर्षसहित चर्चित नेता गोविन्दराम एमाले प्रवेश गरेका हुन् । एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी…