जेन-जी समूहको धम्कीपछि आज बिहानैदेखि राजधानीका संवेदनशील क्षेत्रहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । बिहान ७ बजेदेखि नै प्रधानमन्त्री निवास बालुवाटार, टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका क्षेत्रमा प्रहरीको विशेष कमाण्डो टोली परिचालन गरिएको हो । प्रहरी स्रोतका अनुसार ती क्षेत्रमा ‘छानिएका’ प्रहरी अधिकृतहरूलाई विशेष रूपमा बोलाएर खटाइएको छ । भिड जम्मा हुने वा सुरक्षालाई…