संघीय संसद्का चार वटा स्थायी समितिहरूको बैठक आज बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक आज हुनेछ । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल गरिनेछ ।कानुन, न्याय तथा…