गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका अगुवाले राख्नुभएका विषयलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । उहाँले कतिपय सवाल सम्बोधन गर्न पहलकदमी लिइने बताउनुभयो । आज गृह मन्त्रालयमा ‘जेनजी’ अगुवासहित भएको छलफलमा मन्त्री अर्यालले आन्दोलनको जगमा बनेको सरकारले ‘जेनजी’ को भावना प्रतिकूल हुने कुनै निर्णयबारे सोच्नसमेत नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जेनजी भाइबहिनीले उठाउनुभएका मागमा…