आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको महत्त्वपूर्ण खेलमा नेपालले प्रारम्भिक चुनौतीको सामना गर्दै आफ्नो इनिङ्स अगाडि बढाएको छ। फोर्टहिल क्रिकेट ग्राउन्डमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले केही महत्त्वपूर्ण विकेट गुमाए पनि सङ्घर्षपूर्ण ब्याटिङ गरिरहेको छ। हालसम्म २५ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १०८ रन बनाएको छ। कप्तान रोहित…