विपक्षी दलको तीन बुँदे निष्कर्ष: गृहमन्त्रीको राजीनामा, छानबिन समिति र प्रधानमन्त्रीको प्रतिबद्धता

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा, विगतका गृहमन्त्रीहरू समेतको समावेशसहितको छानबिन समिति र प्रधानमन्त्रीको संसदमा स्पष्ट प्रतिबद्धता—यी तीन मुख्य बुँदामा विपक्षी दलहरू एकमत भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्रीले छानबिन प्रक्रिया निष्पक्ष हुन दिन राजीनामा दिनुपर्ने अडान यथावत् राखेको छ। बैठकपछि रास्वपाका प्रवक्ता मनिष…