गृहमन्त्री रमेश लेखकले तीन दिनभित्र बाढी पहिरो पिडितलाई मुल्याङ्कनका आधारमा राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको जानकारी दिएका छन् । ललितपुरको गोदावरीमा बाढीपहिरो प्रभावित क्षेत्रका निरिक्षणमा निस्किएका मन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला सुरक्षा समितिलाई पिडितहरुको विवरण तत्कालै संकलन गरी पठाउन निर्देशन दिएका छन् । उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण…