स्पेन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडमा सम्पन्न भएको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा आफूले नेपालको हैसियतमा मात्र नभई सम्पूर्ण अल्पविकसित मुलुकहरूको तर्फबाट आवाज उठाएको बताएका छन्। सम्मेलनमा सहभागी भई विभिन्न उच्चस्तरीय बैठक र छलफलमा सक्रिय सहभागिता जनाएका प्रधानमन्त्री ओली आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको सूचना तथा प्रसारण विभागले…