पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयनका लागि अध्यक्षमण्डललाई दिएको निर्देशनले अन्ततः मूर्तरूप पाउन सकेन। अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकालले नेताहरूको सुझावका आधारमा केही नाम प्रस्ताव गरे पनि अध्यक्षका आकांक्षी प्रकाश पौडेल र दीपक धामीले स्पष्ट रूपमा चुनावको माग गर्दै प्रस्ताव अस्वीकार गरेपछि बन्दसत्रमा तनाव उत्पन्न भएको थियो। 'सेलेक्सन मान्दैनौं, इलेक्सन चाहियो' भन्दै असन्तुष्ट पक्षले…