रातदिनको कामपछि आज पुनः खुल्दै बीपी राजमार्ग

असोज १७ र १८ गतेको अविरल वर्षाले बगाएको बीपी राजमार्ग आज (शुक्रबार) साँझदेखि पुनः सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। देशको सबैभन्दा छोटो र रणनीतिक हिसाबले महत्वपूर्ण यो राजमार्ग पुनः खुल्न लागेपछि पूर्व–पश्चिम आवागमन सहज हुने अपेक्षा गरिएको छ। सडक विभागका अनुसार राजमार्गका १६ स्थानमा बाढीपहिरोले करिब ३.५ किलोमिटर सडक बगाएको थियो। त्यसका साथै,…