चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रु ५ खर्ब ६ अर्ब ६७ करोड मूल्य बराबरका वस्तु तथा सामग्री नेपाल भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.७५ प्रतिशत (रु ५७ अर्ब ३० करोड) को वृद्धि हो। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, यो अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ।…