पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

ताप्लेजुङको पाथिभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्रमा यस वर्ष हिमपात भएको दोस्रोपटक हो । यसअघि गत मंसिर ६ गते हिमपात भएको थियो । स्थानीयका अनुसार शनिबार बेलुकादेखि हिमपात भएपछि चिसो बढेको छ ।