सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ पुग्यो

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ। आज सुन तोलामा एकैदिन ४ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ…