काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबहाक बस तामाकोशी नदिमा खसेको छ । ओखलढुंगाको खिजीदेम्बाको रगनी पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको ९९७५ नम्बरको बस रामेछापको मसानटार त्रिवेणीघाट नजिकै दुर्घटना भएको हो । बस सुनकोशी र तामाकोशी नदिको संगममा कोशीमा डुबेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजन तिमल्सिनाका अनुसार उद्दारको काम भईरहेको छ…