भ्रष्टाचार नियन्त्रण तथा सुशासनको क्षेत्रमा कुनै सम्झौता हुन्नः प्रजिअ घिमिरे

सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्नु नै आफ्नो प्रमुख जिम्मेवारी रहेको बताएका छन् । ईलाका प्रशासन कार्यालय, धरानबाट सोलुखुम्बु सरुवा भई आएका प्रजिअ घिमिरेले मंगलबार जिल्लामा रहेका पत्रकार तथा संचारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा सोलुखुम्बुको अख्तियार दुरुपयोग सम्बन्धि घटनाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय अन्र्तगत नै रहेकाले पनि यसको पुर्ण कार्यान्वयनका…