मुग्लिन–काठमाडौँ सडक दैनिक ३ घण्टा बन्द हुने

मुग्लिन–काठमाडौँ सडक आईतबारदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन सो सडक विस्तारका क्रममा आजदेखि दैनिक बिहान ११ः०० देखि दिउँसो २ः०० बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाले सूचना जारी गर्दै सो राजमार्ग भएर काठमाडौँ आउने जाने सवारी चालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ ।…