नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा बसेको बैठकले पत्रकारहरूको पेसागत हकहित, क्षमता अभिवृद्धि तथा मिडियाको सबलीकरणमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आगामी माघको पहिलो साताबाट १४ वटै जिल्ला शाखामा पत्रकारहरूको समस्या पहिचानका लागि अन्तरक्रिया…