भारतले नेपाललाई ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा भारतले उपलब्ध गराउने आर्थिक सहयोगबारे जानकारी गराइएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा घोषणा गरेको २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ३५ अर्ब भारु अर्थात् ५६ अर्ब नेपाली रुपैयाँ अनुदान छुट्याइएको छ।
त्यस्तै, बाँकी १ खर्ब १५ अर्ब भारु अर्थात् १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत उपलब्ध गराइने संयुक्त वक्तव्यमा उल्लेख छ।
यसअघि नेपालले भारतसँग १ खर्ब भारु अनुदान र थप १ खर्ब भारु ऋण सहयोग उपलब्ध गराउन अनुरोध गरेको थियो।

प्रतिक्रिया