एसिया कप राइजिङ स्टार्समा नेपालले पहिलो जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो।
यूएईले दिएको ११२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५७ रन बनाउँदै अर्धशतक पूरा गरे। त्यस्तै, मयन यादवले २७ र बसिर अहमदले १८ रनको योगदान दिए।

प्रतिक्रिया