नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरीले काठमाडौं गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ४६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन्।
सुरुवातमै ८ रन जोड्दा ४ विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमको इनिङ्स दीपेन्द्रले सम्हालेका हुन्। उनले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई संकटबाट उकास्ने प्रयास गरे।
जारी प्रतियोगितामा दीपेन्द्रको यो दोस्रो अर्धशतक हो। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध अविजित ५१ रन बनाएका थिए।
यससँगै उनी जारी एनपीएलमा दुई अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौं गोर्खाजका रासिद खानले पनि दुई अर्धशतक बनाइसकेका छन्।

प्रतिक्रिया