जनकपुरविरुद्ध लुम्बिनीले दियो १५० रनको लक्ष्य


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो।

लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। निरोशन डिकवेलाले २७, दिलिप नाथले २५, आसिफ शेखले २१, रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रनको योगदान दिए।

जनकपुरका राहुल यादव र विशाल सुशलिङले समान २ विकेट लिए। त्यस्तै, हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १–१ विकेट हात पारे।