नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री सुरु गरेको छ। असर्फी र मेडालियन खरिद गर्न बिहानैदेखि राष्ट्र बैंकमा सर्वसाधारणको भीड लागेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले आजका लागि सुनको असर्फी र चाँदीको मेडालियनको मूल्य निर्धारण गरेको छ।
महाशाखाका अनुसार २.५ ग्रामको सुनको असर्फी प्रतिथान ६५ हजार ४०० रुपैयाँ र १० ग्रामको चाँदीको मेडालियन प्रतिथान ३ हजार ५०० रुपैयाँमा बिक्री भइरहेको छ।
निर्धारित मूल्यमा महाशाखाले असर्फी तथा मेडालियन बिक्री गरिरहेको जनाएको छ।

प्रतिक्रिया