नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। यससँगै लुम्बिनीले पहिले ब्याटिङ गर्ने भएको छ।
यस सिजन लुम्बिनी अपराजित रहने एक्लो टोली हो। तीन खेलबाट ५ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा छ। चार खेल खेलेको जनकपुरले भने दुई जित र दुई हारसहित ४ अंक जोडेको छ।
आजको खेलका लागि दुवै टोलीले आफ्नो प्लेइङ ११ मा परिवर्तन गरेका छन्। लुम्बिनीले अभिषेक गौतमको स्थानमा दिलीप नाथलाई मौका दिएको छ।
यस्तै, जनकपुरले अमर सिंह राउटेला र मोइन अलीको स्थानमा आदित्य महता र परवेज हुसेन इमोनलाई पहिलो रोजाइमा राखेको छ।
मोइन अली भने सुरुआती चार खेल खेलेपछि अबुधाबी टी–१० लिग खेल्न गइसकेका छन्।

प्रतिक्रिया