सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल तिहार बिदापछि मात्रै अदालत फर्किने भएका छन्।
सर्वोच्च अदालत प्रशासनका अनुसार उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका हुन्। शुक्रबारपछि तिहारको सार्वजनिक बिदा सुरु हुने भएकाले उनी आगामी ३० कात्तिकमा मात्रै अदालतमा उपस्थित हुनेछन्।
उच्चपदस्थ अधिकारीहरूसँग सेटिङको प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग न्यायाधीश फुयालले होटल हिमालयमा भेट गरेको विवरण सार्वजनिक भएपछि उनीमाथि प्रश्न उठेको थियो।
विवरण सार्वजनिक भएपछि फुयालले उक्त भेटका कारण आफूले सुनुवाइ गरिरहेका विचाराधीन मुद्दाहरू प्रभावित नभएको भन्दै स्पष्टीकरण दिएका थिए।

प्रतिक्रिया