माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा


पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्बाट निर्णय गराई सार्वजनिक जग्गा छुट दर्ता गरेको आरोपमा नेपालविरुद्ध मुद्दा पेस गरेको हो।

अख्तियारका अनुसार विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको पाइएको छ। सोही प्रकरणमा नेपालविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरिएको हो। हाल मुद्दा दर्ताको प्रक्रियामा रहेको छ।

यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा विशेष अदालतमा विचाराधीन छ।