नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
काठमान्डुका कप्तान करण केसीले अहिलेको परिस्थितिमा लक्ष्य पछ्याउनुभन्दा प्रतिस्पर्धात्मक लक्ष्य दिन सहज हुने विश्वास व्यक्त गर्दै ब्याटिङ रोजेका हुन्।
काठमान्डु आज सिजनको पहिलो खेलबाट विजयी सुरुवात गर्ने लक्ष्यमा छ भने यसअघिको खेलमा पराजित जनकपुर पहिलो जितको खोजीमा मैदान उत्रिएको छ।

प्रतिक्रिया