चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनायो।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५ छक्का र ५ चौका प्रहार गरे। यस्तै, रवि बोपारा ३२ र डान मोस्ली २९ रनमा अविजित रहे। देव खनालले १२ रनको योगदान दिए।

विराटनगरका बलर एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए।

अब विराटनगरले जितका लागि २० ओभरमा १५८ रन बनाउनुपर्नेछ।