नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ।
त्रिवि क्रिकेट मैदानमा हुने विराटनगर र चितवनबीचको खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ। यस्तै, साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ।
हिजो भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराएको थियो।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गते सकिनेछ। खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्सबाट हुनेछ।

प्रतिक्रिया