बेलायत सरकारले विद्यालयमा मोबाइल फोनको प्रयोगमाथि थप कडाइ गर्ने निर्णय गरेको छ । विद्यालय निरीक्षण निकायलाई अब हरेक विद्यालय निरीक्षणका क्रममा मोबाइल फोन प्रतिबन्ध प्रभावकारी रूपमा लागू भएको छ कि छैन ? भन्ने अनिवार्य रूपमा जाँच गर्न निर्देशन दिइएको छ । विद्यालयहरूलाई ‘पूर्वनिर्धारित रूपमा फोन निषेध’ क्षेत्र बनाउने नीति लागू गरिने पनि बेलायत सरकारले जनाएको…