युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनका ऊर्जा प्रतिष्ठानहरूमा ४५० भन्दा बढी ड्रोन र ३० वटा मिसाइलले हमला गरेको बताएका छन् । यसका कारण धेरै क्षेत्रको बिजुली र पानीको आपूर्ति ठप्प भएको छ भने आपतकालीन सेवाहरू त्यसलाई पुनर्स्थापित गर्न लगातार काम गरिरहेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्दै रूसले फेरि युक्रेनको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको बताए । दक्षिणी युक्रेन…