दक्षिणी र मध्य मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प भएको छ । भूकम्पमा कम्तीमा दुईजनाको मृत्यु भएको छ । अमेरिकाको सीबीएसले शुक्रवार साँझसम्म दुईजनाको मृत्यु भएको र १२ जना घाइते भएको बताएको छ । भूकम्पको केन्द्रबिन्दु दक्षिणपश्चिमी ग्वेरेरो राज्यको सान मार्कोसनजिकै लोकप्रिय पर्यटकीय सहर अकापुल्को नजिक थियो । ग्वेरेरोका राज्यपाल इभेलिन साल्गाडोले ५० वर्षीया एक महिलाको…