अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा सरकारले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडाली सामानहरूमा एक सय प्रतिशतसम्म कर लगाउने चेतावनी दिनुभएको छ । तर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा कुन सम्झौताकोबारे टिप्पणी गरेको भन्ने स्पष्ट नभएको बीबीसीले उल्लेख गरेको छ । गएको हप्ता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग रणनीतिक साझेदारी घोषणा गर्नुभएको छ, भने शुल्क घटाउन सहमत…