बेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डले नेपाल महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा घोषणा गरेका छन् । सरकारले नियुक्त गरेको एक वर्षे कार्यकाल एक महिनामै विवादका कारण टुंगिएको हो । एन्फामा आइपुगेको उनका राजीनामाको जानकारी स्रोतले पुष्टि गर्दा, उनले केही दिनअघि नै एन्फालाई पत्रमार्फत सूचना दिएको थियो । उनका अनुसार उज्बेकिस्तानमा भएको एशियन कप…