नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा प्रतियोगिताको अपराजित टोली सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ । सुदूरपश्चिमले अहिलेसम्म खेलेका तीनवटै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा शीर्ष स्थान बनाएको छ । लुम्बिनीविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम यही लय कायम राख्ने लक्ष्यमा हुनेछ । …