शुक्रबार देशभर अधिकांश विद्यालयहरू बन्द भए। विद्यार्थीहरू बिहानै पढ्न गएका थिए, तर विद्यालय बन्द रहेकाले उनीहरू घर फर्किन बाध्य भए। विद्यालय शिक्षा विधेयकको विरोधमा नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गरेको एकदिने शैक्षिक हड्तालले देशभरको पठनपाठन प्रभावित बनायो। करिब ७० लाख विद्यार्थीको पढाइ एक दिनका लागि रोकियो। अखिल क्रान्तिकारीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने…