उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सिफारिस गरिएका केही उम्मेदवारलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा असत्य, भ्रामक र नियोजित टिकाटिप्पणी फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।आज सामाजिक सञ्जालमार्फत उहाले सञ्जालमा ‘भाञ्जा’ भनेर उल्लेख गरिएका व्यक्ति आफ्ना भाञ्जा नभएको र उनी उज्यालो नेपाल पार्टीको…