बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्नो उत्पादन तेस्रो मुलुकमा निर्यात गर्न थालेको छ। उद्योगले हालै सुक्खा बन्दरगाहमार्फत करिब ३० हजार वर्गमिटर गलैंचा संयुक्त अरब इमिरेट्स (UAE), अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिका लगायत तेस्रो मुलुकमा पठाएको हो । यसअघि भारतमा मात्र उत्पादन निर्यात गर्दै आएको यस उद्योगका युनाइटेड सञ्चालक अमन साहका अनुसार,…