मानव सेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा संचालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको तेस्रो दिन बुधबार १२ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको छ । यो यात्रा यस बर्ष “यस पटकको चाडपर्वमा कसैले सडकमा बस्न नपरोस्” भन्ने नारासहित सुरु भएको हो । ३२ दिनसम्म निरन्तर चल्ने यस अभियानमा सुनसरी जिल्लाका दुहबी, इटहरी, र…