जनैपूर्णिमा र रक्षाबन्धन पर्व देशभर मनाइँदै, यस्ता छन् विशेषता र परम्परा

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने रक्षाबन्धन र जनैपूर्णिमा (ऋषितर्पणी) पर्व आज देशभर नयाँ यज्ञोपवीत र रक्षासूत्र धारण गरेर मनाइँदै छ। वैदिक सनातन धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, ताल, पोखरी वा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्ने गर्छन्। तागाधारीहरूले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत र डोरो धारण गरेमा नकारात्मक शक्तिबाट रक्षा हुने धार्मिक विश्वास छ। पौराणिक…