लिखुपिके गाउँपालिकालाई Gen–Z को कडा चेतावनी

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा देखिएका विभिन्न अनियमितता, गलत गतिविधि तथा प्रशासनिक कमजोरीका विषयमा छलफलका लागि पटक–पटक आग्रह गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाउँदै Gen–Z लिखु पिके समूहले आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएको छ । समूहले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार २०८२ असोज १५ गते बसेको Gen–Z लिखुपिके समूहको बैठकले गाउँपालिका भित्र भएका हरेक गलत…