काठमाडौं — राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न काठमाडौं प्रहरी परिसर पुगेका राप्रपा सांसद दीपक सिंह आफैँ प्रहरी नियन्त्रणमा परेका छन्। परिसरको गेटमै प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिएका छन्। राजसंस्था पक्षधरहरूको नारायणचौरमा आयोजित आन्दोलनबाट पक्राउ परेका कमल थापा सहित ६ जनालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा…