अमेरिकाबाट निष्कासित गरिएका थप नेपालीहरू चार्टर्ड विमानमार्फत आज काठमाडौं आइपुग्ने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार अमेरिकाले चार्टर्ड गरेको विशेष विमान आज आइतबार अपराह्न सवा चार बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम छ। अध्यागमनका प्रवक्ता अञ्जन न्यौपानेले निष्कासित नेपालीहरू आउन लागेको पुष्टि गर्नुभयो। यद्यपि, उहाँका अनुसार कति जना नेपाली फर्किंदैछन् भन्ने यकिन विवरण भने…