नेकपा एमाले ओखलढुंगाले जिल्लाका आठवटै पालिका कमिटी अध्यक्ष, सचिव र उप–सचिवका लागि नेतृत्व क्षमता विकासको तालिम दिएको छ । पार्टी जिल्ला कमिटी प्रचार तथा प्रकाशन विभागको आयोजनामा तालिम शुक्रबारदेखि चिसंखुगढी गाउँपालिका, खानीभञ्ज्याङमा सुरु गरिएको हो । नेकपा एमाले जिल्ला कमिटी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजिव कट्वालका अनुसार तालिममा जिल्लाका सबै आठ पालिकाबाट अध्यक्ष, सचिव…