नेकपा (एमाले)को सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट, गुण्डुमा बस्दैछ । बैठकले मंसिर २७ देखि २९ गते पोखरामा आयोजना हुने पार्टीको ११औं महाधिवेशनका तयारीबारे विस्तृत छलफल गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार बिहान ११ बजे सुरु हुने बैठकमा महाधिवेशन तयारीको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिनेछ । उपमहासचिव…