कांग्रेस केन्द्रीय समितिको बैठक आठौं पटक स्थगित

आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक फेरी सरेको छ।  बैठक भोलि दिउँसो २ बजे बस्ने गरी सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  १५औँ महाधिवेशन नियमित गर्ने कि विशेष भन्ने विषयमा कुरा नमिल्दा बैठक आठौं पटक स्थगित भएको हो।  महाधिवेशनको कार्यतालिका तय गर्न गत असोज २८ गतेदेखि केन्द्रीय समितिको बैठक बस्दै…