सात प्रदेशका लागि सात ट्विनअटर जहाज खरिदको तयारी

नेपालका ५३ विमानस्थलमध्ये अधिकांश निष्क्रिय अवस्थामा रहँदा हिमाली र पहाडी जिल्लाका नागरिक अझै पनि नियमित हवाई सेवाबाट वञ्चित भइरहेका छन्। यसै पृष्ठभूमिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सातै प्रदेशका लागि सातवटा ट्विनअटर जहाज खरिद गर्ने योजना अघि सारेका छन्। मन्त्री पाण्डेका अनुसार, नेपाल एयरलाइन्ससँग रहेका दुई ट्विनअटर जहाजका आधारमा मात्र समस्या समाधान हुन…