ओली र लेखकलाई बयानका लागि डाक्ने आयोगको तयारी

जेन–जी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि डाक्ने तयारी गरेको छ । आयोगका अनुसार केही सुरक्षा अधिकारी र निजामती कर्मचारीहरूको बाँकी बयान सकिएपछि ओली र लेखकलाई औपचारिक रूपमा पत्र पठाइनेछ । आयोगले कम्तीमा एक साताको समय…