नेकपा (एमाले)ले मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद ‘जबज’को जगमा नेपाली विशेषताको समाजवाद अघि सारेको छ । दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरुले उठाएको जिज्ञासाको जवाफ दिंदै नेपाली विशेषताको समाजवादका विषयमा प्रष्ट्याउनु भएको हो । उहाँले नेपाली विशेषताको समाजवाद जबजको विकल्प नभई…